logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

त्रिविको परीक्षामा एमसीसीबारे विवादास्पद प्रश्न

img
त्रिविको परीक्षामा एमसीसीबारे विवादास्पद प्रश्न

काठमाडौँ, त्रिभुवन विश्वविद्यालयले लिएको एउटा परीक्षाको प्रश्नपत्रमा अमेरिकी सहयोग मिलेमियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी विवादास्पद प्रश्न समावेश भएको पाइएको छ । त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकाय डीनको कार्यालयले लिएको परीक्षाको प्रश्नपत्रमा यस्तो विवादस्पद प्रश्न समावेश गरिएको हो । 

त्रिविको दर्शनाचार्य–विद्यावारिधि कार्यक्रम अन्तर्गत प्रवेश परीक्षाको राजनीतिशास्त्र विषयको प्रश्नपत्रमा उल्लेख गरिएको विषय हो यो । 

फागुन १२ गते शनिबार भएको परीक्षाको प्रश्नपत्रको प्रश्न नं २ मा रहेको उक्त प्रश्नमा भनिएको छ, ‘अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को कारणले साना देशहरुको मूख्य राजनीतिक समस्या के के हुन् ?’ 

प्रश्नलाई यति महत्व दिइएको छ कि यो प्रश्नको २० अंक भार भएको विवेचनात्मक उत्तर दिनुपर्ने खालको छ । जसको लागि ३६ मिनेट समय हुन्छ । 

नेपालमा अहिले एमसीसी अन्तर्गत ५० करोड अमेरिकी डलरको परियोजना सञ्चालन भइरहेका छन् । ४०० केभीए अन्तरदेशीय प्रसारण लाइन तथा विभिन्न सडक निर्माणमा गरिने उक्त लगानी अमेरिकी सरकार अन्तर्गत कर्पोरेशनको अनुदान सहयोगमा सञ्चालित परियोजना हो । 

संसदले पारित गरेर उक्त आयोजना सञ्चालन भइरहँदा देशकै सबैभन्दा ठूलो विश्वविद्यालयको सबैभन्दा माथिल्लो स्तरको परीक्षाको प्रश्नपत्रमा यस्तो विवादित विषय समावेश भएको हो ।

img
img