logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीले ९० दिन स्थानीय तहमा काम गर्नुपर्ने

img
स्नातक र स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीले ९० दिन स्थानीय तहमा काम गर्नुपर्ने

काठमाडौं, सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनतम ९० दिन स्थानीय तहमा स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थ मन्त्री जनार्दन शर्माले प्राविधिक विषयमा स्नातक पढ्दै गरेको र अन्य विषयमा स्नातकोत्तर तह पढ्दै गरेको विद्यार्थीले अनिवार्य स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने बताउनुभयो ।


स्नातक र स्नातकोत्तर तह पढ्दै गरेको विद्यार्थीले स्थानीय तहको योजना निर्माण र ग्रामिण विकासमा योगदान हुनेगरी स्वयम् काम गर्नु पर्ने भएको हो।

img
img