logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

शिक्षा र गीत संगीत दुबै सरस्वतीको अनुकम्पाबाट प्राप्त हुने कुरा हुन : रोशन सिंह,सस्थापक प्रिन्सिपल,बालबाटिका स्कुल्

img
शिक्षा र  गीत संगीत दुबै सरस्वतीको अनुकम्पाबाट प्राप्त हुने कुरा हुन  : रोशन सिंह,सस्थापक प्रिन्सिपल,बालबाटिका स्कुल्

 लक्ष्मीनिया गाउँपालिका वडा न्ं २ , धनुषामा जन्म भई काठमाण्डौलाई आफ्नो कर्मथलो बनाउनु भएका रोशन सिंह बालबाटिका स्कुल्+२ कलेजका  सस्थापक प्रिन्सिपल / म्यानेजिङ डाइरेक्टर, बालबाटिका मन्टेश्वररी  प्री स्कुलका  एकेडेमिक डाइरेक्टर साथै  बलराम किशोरी कुलचन्द्र ( बि के के ) ट्रष्टका अध्यक्ष हुनुहुन्छ ।  उहाँ एक शिक्षाकर्मी , लेखक, गायक र समाजसेवी हुनुहुन्छ । गायन क्षेत्रमा उहाँको बिशेष रुची छ । त्रिभुवन बिश्वबिद्यालयबाट  बनस्पती बिज्ञानमा मास्टर्स डिग्री सम्मको  औपचारिक अध्ययन पुरा गरेका सिंहको    परिवारको इच्छा डाक्टर बनाउने भएपनी उहाँ सानै देखी गित संगीत  सृजनाका क्षेत्रमा बिषेश रुची भएको कारण उहाँको ध्यान मेडिकल क्षेत्रमा थिएन । उहाँ शिक्षा र गीत संगीत दुबै सरस्वतिको बरदान भएको हुँदा यि दुबै काम लाई सँगसगै लाईजान सकिन्छ भन्नुहुन्छ । उहाँको यही दृढ सङ्कल्पका कारण नै यि दुबै क्षेत्रलाई सगसँग  लागिरहनु भएको छ । यही सेरोफेरोमा उहाँसित सर्च अल नेपालका सम्पादकले लिइएको अन्तर्वार्ता  

बनस्पती बिज्ञान बिषयमा उच्च शिक्षा हासिल गरेको साथै शिक्षा क्षेत्रमा लागेको मान्छे के कुराले गीत संगीतप्रती आकर्षित   गर्‍यो ?

म सानो छँदा  मेरो बुवा गीत गुनगुनाउनु हुन्थ्यो । मलाई उहाँको स्वर असाध्यै मिठो लाग्थ्यो । यसले मलाई गीत संगीत प्रती आकर्षित  मात्र गरेन्, त्यस प्रती लाग्न भित्रैदेखी प्रेरणा पनि पैदा गर्‍यो । म बिद्यालय तहदेखी नै बिद्यालयमा हुने अतिरिक्त कृयाकलापमा सकृयताका साथ सहभागिता जनाउथें, अझ्, गीत्, नृत्य र  संगीतामा त बढि उत्सुकताका साथ सहभागी हुन्थें । कलेज र युनिभर्सिटिमा पढ्दा हरेक प्रोग्राम्मा पर्फर्मेन्स दिन्थें ।वेलकम र फेयर्वेल कार्यक्रम हरुमा त मैले पर्फर्मेन्स नदिएको कार्यक्रम सायदै हुँदैनथे । त्यसैबेला कसैलाई स्वागत कसैलाई विदा , राख्दै पुरानै परम्परा बोलको गीत मेरो आफ्नै रचना, संगीत र स्वरमा तयार  गरी स्टेजमा प्रस्तुती दिएको थिएँ  । 

मेरो गीत संगीत प्रतिको झुकाव र समर्पणलाई  मैले  जस्तो सुकै कठिन परिस्थितीमा  पनि रोकिन । समय र अन्य कुराको ब्यबस्थापन गर्दै मैले भोकल्, हार्मोनियम आदी सिकें । एक दिन म डिग्री पढ्दा  साथिहरुको अनुरोधमा  मैले  मुरलिधरको  उडायो सपना सबै हुरिले बोलको गीत स्टेजमा पर्फर्मेन्स दिएँ । यसपछिका हरेक कार्यक्रम मा मेरो पर्फर्मेन्स हुन्थ्यो ।  अहिले ५/ ७ बर्ष यता स्टार मेकरमा प्राय दैनिक गाउँछु । ५ /७ सय कभर सङ अप्लोड गरिसकेको छु । गीत संगीतलाई दैनिक   २,३ घण्टा दिन्छु । हाल मैले आफ्नै लगानिमा केहि गीत रेकर्ड गरिसकेको छु । 

हाल मैले आफ्नै लगानिमा केहि गीत रेकर्ड गरिसकेको छु  भन्नु भयो कुन गीत रिलिज गर्दै हुनुहुन्छ ? बताइदिनुहोसन् ।

जिन्दगीका केहि मिठा पल बनेर आयौ बोलको गीत मेरै शब्द रचना र स्वरमा तयार भएको गीत चाडै रिलिज हुँदै छ, जुन गीत केहि अगाडिमात्र लेखेको हुँ । अर्को एउटा गीत चाडै रेकर्ड हुँदै छ, जुन १९९४-९५ तिर लेखेको थिएँ । मेरो गीत र गाउने  प्यासन पहिले देखिनै हो अब म यसलाई हरतरहले मुर्त रुप दिन्छु

शिक्षा क्षेत्रमा लामो समयदेखी समर्पित ब्यक्ती  गीत संगीत क्षेत्रमा पनि उत्तिकै रुची देखिन्छ्, यि दुबै कुरालाई सँगसगै  कसरी लैजान सकिन्छ ?

 मेरो अन्तर्मनले के भन्छ भने शिक्षा र  गीत संगीत दुबै सरस्वती माताको अनुकम्पाबाट प्राप्त हुने कुरा हुन ।  तसर्थ, म बिस्वस्थ छु कि सरस्वाती माताको कृपाले यि दुबैलाई सँगसँगै  लैजान सक्छु । यसको लागी समय ब्यबस्थापन गर्न सक्नु पर्छ  |शिक्षा र संगीत दुबै एकर्कामा अन्तरसम्बन्धित छन । मलाई जतिबेला मनमा कुनै भावना आउछ म त्यसलाई तुरुन्तै शब्दमा उतारिहाल्छु । सृजनाको कुनै समयसिमा  हुँदैन । जतिबेला पनि फुर्न सक्छ । 

बालबाटिका स्कुल गुणस्तरीय शिक्षा दिने उदेस्यका साथ कक्षा १२ सम्म सन्चालित छ । पछिल्लो समयमा नेपालामा  ज्ञान्सिप,प्रबिधी र सस्कार सहितको शिक्षलाई मात्र गुण्स्तरीय  शिक्षा हो भन्न थालिएको छ  । बालबाटिका स्कुलले यसलाई कसरी अगाडी बढाएको छ ?  

बालबाटिका स्कुलले प्रचारमुखी भन्दा पनि बास्तविक रुपमा नै गुणस्तरीय शिक्षा दिदै आएको छ ।  हामी म्याथम्याटिकस् जस्तो जटिल बिषयलाई पनि  खेलको माध्यमबाट सिकाउछौं जसले गर्दा साना नानिबाबुहरुलाई सिक्न सहज भएको छ ।  हाम्रो मुल्याङ्कन प्रणाली पनि फरक छ । हामी विद्यार्थीले राम्रो ग्रेड पनि ल्याउनुपर्छ्, बिषयबस्तु पनि राम्रो सित बुझ्नु पर्दछ र त्यसलाई ब्यवहारमा उतार्न सक्नु पर्दछ  भन्ने उदेस्यकासाथ शिक्षा प्रदन गर्दछौ ।  हामी अबिभिवावक को चाहना, बिद्यार्थिको आवाश्यकता र  देशको राष्ट्रीय  शिक्षा नीती सबै पक्षहरुलाई समन्वय गरेर शिक्षा प्रदान गर्छौ ।  बिद्यार्थिको  सर्वाङ्गीण बिकासका लागि अतिरिक्त कृयाकलापलाई पनि सिकाइकै एक महत्वपुर्ण पक्ष मानेर   उत्तिकै महत्वकासाथ बिद्यार्थी लाई सहभागी गराउछौं । 

गृहकार्यलाई नियमित गराउछौं । यसबाट बिद्यार्थीले कक्षामा सिकेको कुरालाई अझ स्पष्ट बुझ्न र अभ्यास गर्न सक्छन भन्ने हाम्रो बुझाइ छ । हाम्रो बिद्यालयले कुनै प्रकारको शारिरिक र मानसिक सजायलाई पुर्ण रुपमा निषेध गरेको छ । बिद्यार्थीलाई सकारात्मक ढङ्गले पढाइ  र  अनुशाषनको  बिकासमा जोड दिन्छौं ।   आइटम टेष्ट हाम्रो बिशिष्ट मुल्याङ्कन प्रणाली   हो, यसमा जुनसुकै बेला कुनै पाठ वा एकाइको  मौखिक वा लिखित रुपमा तत्काल परिक्षा लिन्छौं । तर बिद्यार्थीलाई यसबारेमा पुर्व सुचना दिइएको हुन्छ ।

बालबाटिका स्कुलका प्रिन्सिपल नाताले अभिवावक  र बिद्यार्थी लाई के सन्देस दिन चाहानु हुन्छ ?

बिद्यार्थिको प्रगतिमा अभिवावक , बिद्यालय र बिद्यार्थी तिनै पक्षको उत्तिकै भूमिका हुन्छ । अभिवावक का लागी आफ्ना नानिबाबुहरुको पढाइ आफ्नो बिजिनेस भन्दा सयौं गुणा महत्वपुर्ण हुन्छ । आफ्ना नानिबाबुहरुको पढाइ र आचारण बिग्रीयो भने पैसाले किन्न सकिदैन । तसर्थ्हरेक अभिवावक ज्यु हरुले आफ्ना बालबालिकाहरुलाई दैनिक केहि समय  मिलाएर उनिहरुका गतिबिधीहरु बारे जानकारी लिन र बिद्यालयसित समन्वय गरिदिनु हुन अनुरोध गर्दछु । त्यसैगरी बिद्यार्थिलाई म आफुले कक्षामा सिकेको कुरालाई घरमा पनि पटकपटक  अभ्यास गर्न सल्लाह दिन्छु । आफुले नबुझेको कुरा शिक्षकसित निसङ्कोच सोधेर सिक्न पनि सल्लाह दिन्छु ।

अन्त्यमा थप केहि भन्न चाहानु हुन्छ ?

 बिगत ६-७ बर्षदेखी समाज सेवाका क्षेत्रमा थप केहि गरौं भन्ने उदेस्यले मेरो  बुवा, हजुरबुवा र जिजुबुवाका  नाममा बलराम किशोरी कुलचन्द्र ( बि के के ) ट्रष्ट   स्थापना गरेको छु । यसको मुख्य उदेस्य शिक्ष, स्वास्थ्य र बृध्द्बृद्धाको क्षेत्रमा काम गर्ने हो । 

शिक्षाको क्षेत्रमा  काम निकै अगाडी बढी सकेको छ । एक जना बिद्यार्थिबाट शुरु गरेको सेवा अहिले १८ जना बिद्यार्थिलाई  होस्टेल सहितको पूर्ण निशुल्क शिक्षा दिएको छु । अझै पनि कक्षा ११ मा भर्ना हुन चाहने र क्राइटेरिया पुरा गर्न सक्ने बिद्यार्थिलाई निशुल्क शिक्षा दिन प्रतिबद्ध छु ।     

img
img