logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

प्लस टु साइन्स तथा म्यानेजमेन्ट क्विजको शुभारम्भ

img
प्लस टु साइन्स तथा म्यानेजमेन्ट क्विजको शुभारम्भ
काठमाण्डौं उपत्यकाका निजी तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत कक्षा १२ का साइन्स र म्यानेजमेन्टका विधार्थीहरुको उल्लेखनीय उपस्थितिमा क्विजको शुभारम्भ भएको छ । कलेज रिर्डस को आयोजना रहेको उक्त क्विज प्रतिस्पर्धामा करिब ३०० जना विद्यार्थीहरू सहभागी भएका थिए । नेपाल भरि सञ्चालन गरिने यस कार्यक्रम लाई पोखरा विश्वविद्यालय अन्तर्गत रहेका शैक्षिक सङ्गठन (ओपन) को प्रस्तुति छ भने हिसान को सहकार्य रहेको छ । त्यस्तै, पोखरा विश्वविद्यालय ले सहजकर्ता गरेको छ । हिसान बाग्मती का अध्यक्ष भवानी प्रसाद पौडेलको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथिमा हिसान का अध्यक्ष रमेश कुमार सिलवाल हुनुहुन्थ्यो । त्यस्तै ओपनका अध्यक्ष तथा हिसान का वरिष्ठ उपाध्यक्ष नवराज पाण्डे, हिसान काठमाण्डौं का पूर्व अध्यक्ष शिव अधिकारीको उपस्थिति थियो । 

उहाँहरू सबैले विधार्थीहरुलाई देशव्यापी रूपमा नेपाल मै सर्वप्रथम गत वर्ष देखि सञ्चालन गरिँदै आएको यस किसिमको ऐतिहासिक क्विज प्रतिस्पर्धाले अझ शैक्षिक गुणस्तरमा टेवा पुग्ने कुरा बताउनु भयो । क्विज प्रतिस्पर्धामा सम्पूर्ण सहभागी विद्यार्थीहरू लाई व्याचलर पढ्नको लागि प्रवेश परीक्षा र कलेजहरूमा करोडौँको छात्रवृत्तिको बन्दोबस्त गरिएको छ । त्यस्तै विजेताहरूले सात लाख तिस हजार नगद राशि सहित पूर्ण छात्रवृत्ति प्रदान गरिने कलेज रिर्डस का सिईओ जितेन्द्र घिमिरेले बताउनु भयो ।
img
img