logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

जडीबुटी विषयमा नेपाल विश्वको उत्कृष्ट शैक्षिक गन्तव्य बन्नसक्छ - कोइराला

img
जडीबुटी विषयमा नेपाल विश्वको उत्कृष्ट शैक्षिक गन्तव्य बन्नसक्छ - कोइराला

काठमाण्डौ, नेपाली काँग्रेसका नेता डा. शशाँक कोइरालाले नेपाललाई जडीबुटीको विषयमा विश्वको उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सकिने बताउनु भयो । सर्चअल नेपालका सम्पादक पिबी के.सी. संगको अन्र्तवार्तामा कोइरालाले नेपालका सम्पुर्ण रोगहरुको औषधि बनाउने जडिबुटी यहाँ पाइने हुनाले, स्रोत र साधनको कमी नभएकाले विश्वभरिबाट अध्यन तथा अनुसन्धानका लागि उपयुक्त हुने बताउनु भयो ।

त्यस्तै, नेपाल प्राकृतिक सुन्दरताले मात्र भरिपुर्ण नभई, यहाँको हावा पानी पनि स्वच्छ भएकोले मेडिकल टुरिज्मको सम्भावना भएको बताउनु भयो । सरकारमा गईसकेपछि आफनो देशको स्रोतलाई पहिचान गरेर नयाँ सम्भावनाहरुलाई तत्काल सुरुवात गरियो भने देशलाई संवृद्धि तर्फ लैजान सकिने बताउनु भयो ।

img
img