logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

पुनः डा. श्रेष्ठको अध्यक्षतामा ललितपुर हिसानको नयाँ कार्यसमिति

img
पुनः डा. श्रेष्ठको अध्यक्षतामा ललितपुर हिसानको नयाँ कार्यसमिति

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, हिसान (ललितपुर) जिल्लाको माघ १९ गते ललितपुरको, हिमालयन होटलमा भएको पाँचौ अधिवेशनले पुनः डा. गणेश कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत भएको छ । डा. श्रेष्ठको यो दोस्रो कार्यकाल हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शरद न्यौपाने र कृष्णदत्त अवस्थि चयन हुनुभयको छ । त्यस्तै सचिवमा सुमन बस्नेत, सहसचिवमा गणेश गिरि, कोषाध्यक्षमा किशोर अधिकारी, सदस्यहरुमा रञ्जना प्रधान, निराज क्षेत्री, राजेन्द्र प्रसाद उप्रेती, दिपक चन्द, प्रविना थापा, राजकुमार प्याकुरेल र अन्य तिन जना चयन हुनु भयको छ । केन्द्रीय प्रतिनिधिमा भने जयमगन गुप्ता र बि.एस. सिंह क्षेत्रि सर्वसम्मत हुनु भयो ।

अधिवेशनमा, नेपाल लाई शिक्षाको हब कसरी बनाउनेमा जोड रहेको र त्यसलाई प्रभावकारी बनाउन सरकारले हचुवाको भरमा शिक्षा विधेएक ल्याउन नहुने कुरामा बहश भएको थियो । 

हिसानका केन्द्रिय अध्यक्ष रमेश कुमार शिलवालले अब शिक्षा सँग आबद्ध सम्पुर्ण संघ संस्थाहरु एक भई सरकारले हचुवामा ल्याउन खोजेको शिक्षा विधेयकको विराध गर्नु पर्ने बताउनु भयो । 

img
img