logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

बुटवलमा एकेडेमिक क्विजको धमाका हुँदै

img
बुटवलमा एकेडेमिक क्विजको धमाका हुँदै
काठमाण्डौं, विधार्थीहरुलाई पठन पाठनमा ध्यान केन्दिृत गराउने उद्देश्य अनुरूप हिसान बाग्मतीको पहलमा कलेज रिर्डसद्वार आयोजित प्लस टु साइन्स तथा म्यानेजमेन्टको  क्विज काठमाण्डौंबाट सुरु भएको छनौट राउन्ड चितवन र इटहरीमा भव्यताका साथ सयौँ टिमको सहभागितामा सम्पन्न भइसकेको छ । भोलि १६ गते बुटवलमा सयौँ टिमको उपस्थितिमा क्विजको धमाका हुदैछ ।

यस क्विजलाई पोखरा विश्वविद्यालयको समर्थनमा पोखरा विश्वविधालय अन्तर्गतका ५८ कलेजहरूको छाता सङ्गठन ओपनले सहयोग गरेको छ । क्विजमा प्रथम, द्धितिय, तृतीय र चौथो स्थान हासिल गर्ने विधार्थीहरुलाई पोखरा विश्वविद्यालय अन्तर्गतका कलेजहरूले १०० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्नेछन् । त्यस्तै, मेडल तथा प्रमाण पत्रका साथ नगद पुरस्कार क्रमशः १ लाख, ५० हजार, २५ हजार र १२ हजार ५ सय प्रदान गरिनेछ । उक्त पुरस्कार राँशी दुवै साइन्स तथा म्यानेजमेन्टका टिमहरू लाई प्रदान गरिनेछ ।

क्वीजमा भाग लिने विधार्थीहरुलाई पनि प्रमाण पत्रका साथै विभिन्न विषयका तयारी कक्षाहरुमा ४० प्रतिशत छात्रवृत्ति र ओपन अन्र्तगतका कलेजहरुमा केही छात्रवृत्ति प्रदान गरिने जानकारी आयोजकले बताएको छ ।
img
img