logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

मध्यपच्चिम बिश्वविध्यालयले तोकिएको मापदण्ड पुरा गर्ने सबै कलेजलाइ सम्बन्धन प्रदान गर्छ:उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह

img
मध्यपच्चिम बिश्वविध्यालयले  तोकिएको मापदण्ड पुरा गर्ने सबै कलेजलाइ  सम्बन्धन प्रदान गर्छ:उपकुलपति प्रा. डा. नन्द बहादुर सिंह

प्रा डा नन्द बहादुर सिंह एक हक्की स्वाभाव, स्पष्ट वक्ता, जिम्मेवारीप्रति लगनशिल र कर्मशिल व्यक्तित्व हुनुहुन्छ । हाल उहाँ मध्यपच्चिम बिश्वविध्यालयको उपकुलपति हुनुहुन्छ । उपकुलपति प्रा डा नन्द बहादुर सिंह नियमा बसेर नियम सङगत तरिकाले आफ्नो कार्यकाल सिद्धिने अन्तिम क्षण सम्म पनि  अबिचलित भएर  नियमित काम  गर्छु  । उहाँ आफुले भ्रष्टाचार र अनियमितताका विषयमा सुन्य सहनशीलता अपनाएको  र कहिंकतै अनियमितता गरेको कसैले भेट्न र आफु माथी लान्छना लागाउनेलाई पुष्टी गर्न पनि चुनौती दिन्छु  भन्नुहुन्छ ।

 उहाँसित मध्यपच्चिम बिश्वविध्यालयले बिभिन्न बिषय र संकायमा सम्बन्धन दिने  लगायत समसामयीक बिषयमा सर्च अल नेपालका  सम्वाददाता प्रतीनिधिले  लिइएको अन्तर्वाता । 

 

मध्यपच्चिम बिश्वविद्मालयले  बिभिन्न बिषय र संकायमा सम्बन्धन दिने कुरा गर्नु भएको छ । यसबारे थप प्रस्ट पारिदिनुहोस न ।

मध्यपच्चिम बिश्वविद्मालय सरकारको केन्द्रिय अर्थात संघीय बिश्वविद्मालय हो । तसर्थ, यो बिश्वविद्मालय  संसदले पारित गरेको ऐन, नियमावली र बिश्वविद्मालयले तयार गरेको  कार्यविधि तथा बिश्वविद्मालय अनुदान आयोग ९ ग्न्ऋ० को भनाइका आधारमा सञ्चालित हुन्छ । बिश्वविद्मालय अनुदान आयोगले  खासगरि आङ्गिक, सामुदायीक र निजीगरि तीन ठाउँमा सम्बन्धन लिनुपर्छ भन्छ । कर्णालीको हकमा भने हामिले प्रथमत, बिश्वविद्मालय केन्द्रिय विभाग, आङ्गिक क्याम्पस तथा बिश्वविद्मालयका स्वायत्त संथाहरुलाई  दिने । दोस्रोमा समुदायबाट सञ्चालित क्याम्पसहरु र त्यसपछि  सहकारीद्धारा सञ्चालित क्याम्पसहरुलाइ सम्बन्धन लिइने छ । निजीलाइ भने आवाश्यक निती बनाएर मात्र सम्बन्धन दिने  हो । अहिले हामिले कार्यविधि बनाएका छौ । कार्यविधिले  आवेदन फारामको कति, सम्भाव्यता अध्ययनको कति, स्वीकृत प्राप्त गर्न र धरौटीमा कति रकम चाहिने लगायतका स्पष्ट मापदण्ड तोकेको छ ।  मैले भ्रष्टाचार र अनियमितताका विषयमा सुन्य सहनशीलता अपनाएको छु । मापदण्ड पुरागर्न ११ वटा आधारहरु तोकिएका छन् ।  तोकिएको मापदण्ड पुरा नगरि सोर्स , प्रभाव र पहुचको आधारमा  कसैलाइपनि सम्बन्धन लिइने छैन । 

तपाइँले  सम्बन्धन प्राप्त गर्न ११ वटा  मापदण्ड पुरा गर्नुपर्छ भन्नुभयो , यसबारेमा थप प्रष्ट पारिदिनुहोस न ।

सम्बन्धन प्राप्त गर्न ५ वटा आधारभुत र थप ६ वटा गरी ११ वटा मापदण्ड छन ।जसमा कलेजको आफ्नो जमिन ,आवास्यक भवन ,विद्यार्र्थीको सङ्ख्या पुग्ने आधार ,आवास्यक 

 सबै किसिमको मानव सम्साधनको उपलव्धता  ,मेडिकल र कृषि कलेजलाई भए थप जमिन ,प्राबिधिक र ब्यावसायिक कलेजकोलागी काउन्सिलको स्वीकृती एउटै कार्यक्रम चलाउने कलेजको तोकिए बमोजिमको दुरी आदि लगायतका मापदण्ड पुरा गर्नै पर्छ । कसैको भनसुन र दवाबको आधारमा कदापी सम्बन्धन दिइने छैन ।  

सम्बन्धन लिनकोलागी नेपाल राज्य भित्रका सबै क्याम्पसहरुले आबेदन दिन पाउछनकी  सम्बन्धित प्रदेसका क्याम्पस्ले मात्र पाउँछन ? 

यो बिश्वबिद्यालय  सङ्घिय बिश्वबिद्यालय भएको हुनाले ७७ वटै जिल्लाका क्याम्पसरुले तोकिएको मापदण्ड पुरा गरेर आबेदन दिन सक्छन ।खासमा भन्ने हो भने बिश्वबिद्यालय बिश्वमानव समुदायकालागी हो ।नेपाल भित्रका क्याम्पसरुले नपाउने त कुरै भएन । तर मापदण्ड भित्र रहेर आबेदन दिनु पर्छ ।

यो साल पदाधिकारिहरुको पदावधी सकिने अन्तिम बर्ष भएको हुनाले बिश्बिद्यालयले यस बर्ष धेरै सम्बन्धन दिदैछ भन्ने हल््ला छ नि, तपाइ के भन्नु हुन्छ ?

यो खराव मानिसको गलत कुरा हो । मेरो ४ बर्षे कार्यकाल मध्धे २ बर्ष  त कोभिडले नै खायो । १ बर्ष धेरै काम गरें । अब बाकी  १ बर्ष पुरै काम गर्छु । म मेरो कार्यकाल सिद्धिने अन्तिम क्षण सम्म पनि  अबिचलित भएर काम गर्छु ।  म नियमा बसेर नियम सङगत तरिकाले  नियमित काम  गर्छु । मैले कहिंकतै अनियमितता गरेको कसैले भेट्न र म माथी लान्छना लागाउनेलाई पुष्टी गर्न पनि चुनौती दिन्छु ।

 

सम्बन्धन दिँदा  बिचार  पुर्याउनु पर्ने कुरा के के रहेछन ?

प्रकृया कानुन सम्मत हुनु पर्यो । ऐन , नियम र कार्यबिधी सम्मत हुनु पर्यो  । बिश्वविद्मालय अनुदान आयोग ९ ग्न्ऋ० एउटा संयोजनकारी संस्था भएको हुँदा यसले निर्धारण गरेको परिधी भित्र हुनु पर्यो  । मैले यि सबैको आधारमा  कार्यबिधी बनाएको छु, यि पुरा हुनु पर्यो ।  आफु नैतिकवान बन्ने तथा नाजायज दवाब बाट प्रभाबित हुनु भएन । अर्को कुरा नेपालामा बिद्यार्थी रित्तिदैछन । यिनिहरुलाई यहीँ पढ्न सक्ने वाताबारण सृजना गर्न नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्छ ।त्यसैगरी समय शैक्षिक क्यालेन्डर कडाइकासाथ कार्यन्यन गर्न पर्यो । 

अन्त्यमा ,धेरै कलेजहरु सम्बन्धन  लिन लालायित छन । यिनिहरुलाई के सन्देश दिनुहुन्छ ?

नेपाल भरिका ७७ वटै जिल्लाका चाहना राख्ने कलेजहरुलाई हार्दिक स्वागत । मापदण्ड नपुगी  आबेदन दिएर बिनाकाम खर्च नगर्नु होला । मापदण्ड पुर्याएरमात्र आबेदन दिनुहोला । कसैले म भनसुन गरिदिन्छु भनेर कसैले भन्यो भने नपत्याउनु होस,मलाइ सिधै फोन गर्नु होला । माथी    उल्लेख गरिएका मापदण्डहरुको १०० अङ्क  मानिएको छ । त्यसको ६०प्रतिसत भन्दा बढी ल््याउने कलेजहरु मात्र सम्भाब्यता अध्ययनमा पर्दछन ।  कसैको प्रभावमा परेर अनियमितता गर्दिन ,कसैको दवाव र प्रभावमा पर्दिन । म सामुहिक निर्णय गर्छु,मापदण्ड पुरागर्ने कलेजलाई सम्बन्धन दिन एकछिन रोक्दिन ।  

 

img
img