काठमाडौं, निजि उच्च शिक्षालय तथा माध्यमिक विधालय संघ, नेपाल (हिसान) को आठौं राष्ट्रिय महाधिवेशन चैत २५ र २६ गते गर्ने भएको छ । शिक्षा विकासमा सार्थक साझेदारी :हिसानको योगदान र जिम्मेवारी भन्ने मुल नाराका साथ आठौं राष्ट्रिय महाधिवेशन काठमाण्डौंमा गर्ने भएको हो । महाधिवेशनमा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा एक दिवसीय हिसान शिक्षा बहस को समेत समुद्घाटन हुने छ । महाधिवेशनबाट केन्दि्रय पदाधिकारीहरुको चयनका साथै प्राज्ञिक छलफल, आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन प्रस्तुत हुनेछ । आठौं महाधिवेशनमा ३५ जिल्लाका ६०० शिक्षालयबाट प्रतिनिधिको सहभागिता रहने र ५० जना पर्यवेक्षकहरू गरी ६५० जनाको उपस्थिति रहने जनाइएको छ ।