logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

पश्चिमी पहाडमा वर्षाको सम्भावना

img
पश्चिमी पहाडमा वर्षाको सम्भावना

काठमाडौं, आज पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका पश्चिमी भूभागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसले गर्दा हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको आकलन छ। आज राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

img