काठमाडौ,२,मंसिर २०८१, नागरिक आन्दोलनका अगुवा
पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको छ । ढुंगानाको उपचारको क्रममा आज दिउसो
अपरान्ह २ बजे मृत्यु भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना मानव अधिकार,कानुनी राज्य, लोकतन्त्र र संसदीय व्यवस्थाका हिमायती थिए ।
ढुंगानाले नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । नेपालको संसदीय लोकतान्त्रिक व्यवस्थाको सदृढीकरण र नागरिक अधिकारका सवालमा उनको योगदान अमुल्य छ ।
ढुंगानाले २०४८ सालमा ०४८ देखि ०५१ सम्म सभामुख भएर
काम गरे । पछिल्लो समयमा उनी सक्रिय राजनीतिमा आउन छाडेका थिए ।