काठमाडौ,२,मंसिर २०८१, यहि मंसिर १६ मा हुन लागेको स्थानिय तहको
उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन तालिका सार्ववनिक गरेको छ ।
स्थानिय तहमा विभिन्न कारणले ४४ पदहरु रिक्त भएका थिए । आयोगका अनुसार उम्मेदवारी
दर्ता आज बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म उम्मेदवारी दर्ता हुने, मङ्सिर ३ मा
उम्मेदवारको बिरोधमा उजुरी दिने ,४ गते बेलुका सम्म उजुरी उपर छानविन गरि निर्णय गर्ने , ५ गते दिउसो १
बजे सम्म उम्मेदवारी फिर्ता लिन सक्ने र
त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्बजनिक गरेको छ।
उपनिर्वाचनका लागि राजाबादी देखि स्वतन्त्र उम्मेदवार सम्मले उम्मेदारी दर्ता गराएका छन्। उम्मेदवारी मनोनयन दर्ता सगै उपनिर्वाचन हुने जिल्लाहरुमा आजदेखी निर्वाचन आचारसंहिता लागु हुने आयोगले जनाएको छ। आचारसंहिता उलंघन गरे कार्वाही हुने आयोगले जनाएको छ।