logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

प्युठान प्याबसनको नयाँ कार्यसमिति चयन, अधिवेशनमा केन्द्रीय महासचिवको गर्जन

img
प्युठान प्याबसनको नयाँ कार्यसमिति चयन, अधिवेशनमा केन्द्रीय महासचिवको गर्जन

आयुस्मा होटल जुमृमा सम्पन्न भएको अधिबेशनले दिपेन्द्र जिसिको नेतृत्वमा नया समिति गठन गरेको छ ।कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका महासचिब आरबि कटुवालले निजि लगानिका बोर्डिङले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिनु पर्ने बताएका छन ू हामी बालबालिकाले के सिक्न चाहान्छ उस्को मनोभावना बुझेर बालबालिका मैत्री ढङ्गले सिकाउनु पर्छ उनले भने । निजि क्षत्रमा हरेक चुनौती रहेकाले यकअर्काबिच हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सचिब यादब गिरिले निजि स्कुलले सचेतताका साथ अगाडि बढ्नु पर्ने बताए । गिरिले प्याब्सनले शुल्क निर्धारण , छात्रवृत्ति प्रबधिको उच्चतम प्रयोग गरि नया अभ्यासका साथ समुदायको बिश्वास जित्नु पर्ने बताएका छन । जस्को उपाध्यक्ष जनकलाल रिजाल , सचिब शरद गौतम कोषाध्यक्ष गोबिन्द सुवेदी , सदस्यहरु केशबराज भण्डारी , होतराज घिमिरे , प्रेम भुषाल , लक्ष्मिश्र्वरश्रेष्ठ र भगवता ठेणि रहेका छन । 

लुम्बिनी प्रदेश प्याब्सनका अध्यक्ष लालहरि पाण्डेले बालबालिकाको आचरण , व्यवहार , सस्कृति र शृजनसिलतामा जोड दिएका छन । पाण्डेले सरकारले शिक्षा सम्बन्धि ऐनले निजि बिधालयलाइ अप्ठ्यारो पार्ने भन्दै सबै सचेत बन्नु पर्ने बताएका छन । 

कार्यक्रममा प्युठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माले निजि बिधालयको पनि सुस्म अध्ययन गरिरहेकोले छात्रवृत्ति , अनुसासन दण्ड जस्ता बिषयमा सचेत बनाएका छन । अधिबेशनमा एसइइ २०८० मा सर्बोकृष्ट अङ्क ल्याउने बिधार्थिलाइ सम्मान तथा पुरस्कृत गरिएको थियो । 

img