प्रस्तावित बेलुवा बाग्दुला सडक विस्तार योजना प्युठान भालुवाङ फिडर मार्ग करिब ८ किलोमिटर सडक खण्ड पर्दछ। उक्त सडक विस्तारसँग सम्बन्धित इन्जिनियरिङ व्यापारी र वातावरणीय पक्षलाई समेटी सकारात्मक र नकारात्मक प्रभाव पत्ता लगाउने केही प्रश्न सोध्ने र सुझाव दिने प्रयास गरेका छौं । (साथमा, सर्च अल नेपालका कार्यकारी सम्पादक पिबि के.सी.ले गर्नु भएको स्थलगत रिपोटिगंको लागि भिडियो हेर्न सक्नुहुन्छ । )
सडक विस्तारको कार्य विकासको दृष्टिकोणले हेर्दा सकारात्मक पक्ष हो तर आर्थिक सामाजिक र वातावरणीय पक्षलाई पनि मध्यनजर गर्दा उक्त सडक विस्तारका कार्य सधैँ सकारात्मक नै हुन्छ भन्ने छैन। मानिसले बस्ती खोज्छ ,बस्तीले बजार खोज्छ र बजारले बाटो खोज्नु स्वभाविक नै हो। तर बजार नै नरहे किन चौडा सडक चाहियो भन्ने मान्यताले पनि केही प्रश्न खडा गर्न सक्छ ।
यदि यो प्रस्तावित योजना लागू हुने हो भने क्वाडी बागदुला सडक खण्डको दायाँ बायाँ तर्फ करिब पाँच घर पूर्णरूपमा क्षति हुने करिब २८० घर मा आंशिक क्षति हुने देखिन्छ र हजारौं सङ्ख्यामा नगरवासीहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पार्ने सक्ने यो योजनाले धेरै परिवारलाई विस्थापित नै गर्न सक्ने अध्ययनले देखाउछ ।
प्रस्तावित योजनाबाट सम्भावित क्षेत्रमा रहेका भवनहरुमा पर्न सक्ने क्षतिको आकलनलाई तालिकामा प्रस्तुत गर्दा।
यसरी बाग्दुला बेलुवा सडक दायाँबायाँ पर्ने भौतिक संरचना हरूमा प्रत्यक्ष असर पर्ने सक्ने हाम्रो अध्ययनले देखाएको छ । जुन अत्यन्तै संवेदनशील विषय हुन सक्छ यसरी माथिको क्षति विवरणलाई मध्यनजर गर्दा बाटो चौडा गराउनु वा सडक विस्तार गर्नु नै विकासको मूलभूत विशेषता हो । पक्कै पनि हुन सक्दैन बढ्दो सहरीकरणले जनताहरु केवल बजारमै केन्द्रित भएका छन् । सडक विस्तारलाई प्रमुख मुद्दाको रुपमा अगाडि बढाउने कि व्यवस्थित सहर सहरीकरणलाई ध्यानमा राख्ने यसको गहन अध्ययन र छलफल हुन जरुरी देखिन्छ।
अब हामीले संकलन गरेका डाटा र त्यसको विश्लेषण गर्दा उब्जन उब्जिएका प्रश्नहरुलाई हेरौँ।
1. मुख्य प्राथमिकताको विषय सडक विस्तार कि व्यवस्थित सहरीकरण ?
2. मुख्य व्यापारी स्थलसँग प्रत्यक्ष सम्बन्ध रहेकाले बजारीकरणको भावी योजना र रणनीति के ?
3. विस्थापित बजारलाई पुनर्स्थापना गर्न लाग्ने क्षतिपूर्ति वा स्रोत के ?
4. सडक ऐन अन्तर्गत सडकले च्ष्नजत या धबथ खोज्छ भने लगतकट्टा नभनएको बाटोमा जनताले तिरेको कर फिर्ता सम्बन्धी व्यवस्था के ?
5. मदन भण्डारी राजमार्गले आफ्नो रुट निर्धारण नगर्दै नगरपालिकालाई सडक विस्तारको चटारो किन ?
6. खैरा सारीवाङ्ग करिडोरको बाटो धमाधम निर्माण भइरहँदा वैकल्पिक सडकको रूपमा सारीवाङ्गको बाटोलाई प्रयोग गर्न सक्ने हुँदाहुँदै बेलुका बाग्दुला सडक विस्तारको औचित्य के र?
7. सडक विस्तारमा मात्रै ध्यान केन्द्रित गर्दा पुलको चौडाइ विस्तारमा पनि मध्यनजर गर्ने कि ?
8. नगरपालिका भित्र नगर वसको सम्भाव्यता के कति रु
9. ७।५ मिटर बाटो विस्तार गर्दा त्यसमा निर्माण गर्नुपर्ने संरचनाहरू बारे रोडम्याप के ?
यसरी प्रश्न मात्रै गरिरहँदा त्यससँग सम्बन्धित केही समाधान वा वैकल्पिक पक्षहरूलाई हामी यहाँ राखौं।
9. खैरा क्वाडी सडकलाई ड्राइभर्जन मार्ग बनाउने
10. सहरी नगर मार्ग बाग्दुला टिकुटी बसपार्क टिकुरी हुँदै पुण्यखोला क्याम्पस पुग्ने सडक ,विजुवार कालिका मन्दिरदेखि भौका पुग्ने भित्री सडक, जुम्री क्वारी भिङ्री सडक को स्तर उन्नति गरी व्यवस्थित बनाउने।
11. बेलुवा दम्ती सडक खण्डको करिडोर मार्गलाई नदी नियन्त्रण गर्ने र संयन्त्र अपनाई कालोपत्रे गरी चलाउन सकिने, जसले सडक विस्तारको वर्तमान रणनीतिलाई पुनस्र्विचार गर्न बाध्य पार्न सक्छ।
12. वर्तमान योजनाले ठूलो भौतिक क्षति हुन सक्ने भएकाले अन्य वैकल्पिक योजनालाई प्राथमिकतामा पार्न सकिन्छ।
13. बजार केन्द्रित जनघनत्वको वृद्धि हुँदै जाँदा ७।५ मिटर बाटो साँघुरो हुन सक्ने हुँदा बरु १५ मिटर बाटो लागि बहुवर्षीय योजनाको सहायताले दिगो विकासमा ध्यान दिन सकिन्छ ।
14. सडक छेउमा रहेका विद्युतीय पोलहरूको विस्थापनमा ध्यान केन्द्रित गरी त्यस्ता विद्युतीय तारहरूलाई अन्डरग्राउन्ड गर्न सकियो भने पनि आधा भन्दा बढी समस्या समाधान हुन सक्छ।
नगरको नारा ू समृद्ध प्यूठान नगरपालिका निर्माणको आधार सामाजिक न्याय र दिगो विकाससहितको पूर्वाधार ू अन्तर्गत यो नगर सडक विस्तार योजनालाई समर्थन गर्दै हामीले सोधेका केही प्रश्न गुनासो र सुझावको लिखित जवाफको माग राख्दछौं धन्यवाद।
- सन्दिप थापा तथा प्रस्तावित बाग्दुला युथ क्लब टीम