logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

प्रधानमन्त्री देउवाद्वारा खोपको उद्घाटन

img
प्रधानमन्त्री देउवाद्वारा  खोपको उद्घाटन

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्धको खोप अभियानको उद्घाटन गरेका छन्। बिहीबार रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन्।

आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ । यो अभियानको क्रममा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइनेछ । बालबालिकालाई शुक्रबारदेखि खोप दिइँदैछ । नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो 

१५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ । 

सरकारले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ।  

img