logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

विमानस्थलमा बम राखेको आशंका, सर्च अपरेसन सुरु तर केही भेटिएन

img
विमानस्थलमा बम राखेको आशंका, सर्च अपरेसन सुरु तर केही भेटिएन

काठमाडौं,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात समुहले बम राखेको हल्लापछि आन्तरिकतर्फको उडान ठप्प भएको छ । अज्ञात व्यक्तिले विहान ९ः४० मा पहिलो र ९ः५१ मा पुनः फोन गरेर आन्तरिकतर्फको टर्मिनलमा ५–६ वटा बम राखेको विमानस्थल टावरलाई जानकारी दिएपछि यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।

सुचना पाएलगत्तै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका तालिमप्राप्त कुकुरसहित सर्च अपरेसन सुरु गरिएको छ । १० बजेदेखि सर्च अप्रेसन सुरु भएपनि कुनै शंकास्पद वस्तु फेला नपरेको विमानस्थल कार्यालयले जनाएको छ । सुचनादिने व्यक्तिको समेत खोजिकार्य सुरु भएको छ । आन्तरिकतर्फको उडान ठप्प रहेपनि अन्तर्राष्ट्रियतर्फका उडानहरु भने जारी रहेका छन् । बम राखिएको सूचनापछि सर्च गर्दा कुनै शंकास्पद वस्तु नभेटिएपछि यात्रुलाई आन्तरिक उडानका लागि भित्र पठाइएको छ ।

img