logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका

img
आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका

काठमाडौँ , स्थानीय तह निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका रहेको छ।निर्वाचन आयोगको कार्यतालिका अनुसार आज बेलुकी ५ बजेसम्म उम्मेदवार उपर उजुरी दिन सकिनेछ।आयोगले बैशाख १४ र १५ गते मनोनयन पत्र जाँचबुझ गर्ने र उजुरी उपर जाँचबुझ गरेर निर्णय गर्नेछ।

त्यस्तै, बैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावाली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन नै निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।

आयोगले बैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ। त्यसपछि उम्मेदवारले प्रचार प्रसारका लागि १० दिनको समय पाउनेछन्।

बैशाख ३० गते निर्वाचन सुरु हुनु अगाडिको ४८ घन्टा मौन अवधि हुनेछ। मौन अवधि सुरु हुनु अघिसम्म उम्मेदवारले प्रचार प्रसारका लागि समय पाउनेछन्। बैशाख ३० गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

img