logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

स्थानीय निर्वाचनमा धाँधली भयो - एमाले

img
स्थानीय निर्वाचनमा धाँधली भयो - एमाले

काठमाडौं,  प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि जित्न धाँधलीका सहारा लिएको आरोप लगाएका हुन् ।

निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरूका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा एमालेले खेद व्यक्त गरेको छ । चुनावको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको एमालेको आरोप रहेको छ ।

एमालेका मतदाता र उम्मेदवारलाई हत्या र गिरफ्तार गर्ने, सत्ता गठबन्धनबाट हाकाहाकी पैसा बाँड्ने काम हुँदा समेत रोक्न प्रयास नगर्ने, बुथ कब्जा गर्ने तथा मतगणनाको क्रममा पनि गठबन्धनलाई फाइदा हुने गरी बदर मतलाई सदर गरेको, एमालेका प्रतिनिधि नै नराखेको लगायतका आरोप समेत लगाईएको छ  ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन सम्पन्न भई मतगणना स्थलमा बाकस पुर्‍याउन जानेक्रममा उम्मेदवार प्रतिनिधिलाई मतपेटिका राखिएको सवारी साधनमा साथै जान रोक लगाइएको छ । कतिपय स्थानमा सुरक्षित राखिएको बाकसको सिल तोडिएको समेत पाइयो ।’ 

img