विभिन्न ठाउका भम्रण गरी सनातन धर्म सम्बन्धी अनेक ज्ञान बटुली तथा ज्ञान बाड्दै आज एक साधकका बारेमा केही जानकारी लिन खोज्नु उत्साहजनक नै हुनेछ । उहा हुनुहुन्छ एक साधक तथा क्रृषि श्री ५ सत्य सनातन । उहांका बारेमा विस्तृत जान्नको लागि त एउटा ठुलो किताब नै बन्नेछ । यहा हामी सम्भब भए सम्म केही रहस्मय जीवनी खोतल खातल नै हुनेछ । बडो चासोको बिषय तपाईहरुले पाउनु हुनेछ । उहां एक क्रृषि जसको उमेर ८ बर्ष हुदा देखी क्रृषिमुनीहरुको संगतमा रहनु भयो । तत्वबोध सम्बन्धमा उहांको धेरै व्याख्या छ त्यस बारे आउने समयमा प्रस्तुत गर्नेछौ । नेपालको पश्चिम स्थानमा जन्म भएको उहां सानै उमेर देखि सनातन धर्म सम्बन्धि स्वविवेक भयको बताउनु भयो । उहाले भुईफुट्टा प्रणालीबाट बाल्यकालको ८ बर्षको उमेरमा सिद्धत्व प्राप्त गनुभएको बताउनु भयो । ४ बर्षको उमेरमा माओबादी कार्यक्रता संग करिब दुई बर्ष सम्म उहाले हिमालय क्षेत्रमा बिताएको कुरा बताउनु भयो । त्यस बखत माक्स, माओ र लेनिनका सिद्धान्तहरु घोकाए पनि त्यस बारेमा तल्लिन नभई स्वंयम सनातन धर्म र जीवनको बारेमा बोध भएको बताउनु भयो ।
उहांले धेरै ज्ञानी क्रृृषिहरु संग ज्ञान लिनु, बाड्नु दैनिक दिन चर्या रहको बताउनु भयो । उहांको कुटिमा साधना गर्न देशी तथा बिदेशी ख्याती प्राप्त व्यक्तिहरु पनि आएको देखियो । उहां हरुले श्री ५ सत्य सनातन कहां साधना सिक्न आएको कुरा पनि बताउनु भयो । प्रकृतिको सुन्दरता र सुनशान स्थानमा उहांको कुटिमा जाने जो कोहि पनि केहि न केहि सिकेर अवश्य पनि आउदछ । जस्तो सुकै परिस्ििथतिले पनि जीवनलाई फाइदा बेफाइदा दुबै हुने कुरा बताउनु भयो ।





















