रिर्डस प्वाइन्ट प्रा.लि. द्वार सञ्चालित खोजमूलक समाचारको अनलाइन न्युज पोर्टल विगत १३ वर्ष देखि विभिन्न खाले खोजमूलक समाचार तथा अन्तर्वार्ता प्रसारण गर्दे आइरहेको छ । शिक्षा क्षेत्रमा कलम चलाएको नेपाल कै अग्रणी प्रख्यात मासिक प्रत्रिका कलेज रिर्डस पनि रिर्डस प्वाइन्ट प्रा.लि. को प्रकाशन हो । यस्तै गरी करिब ७ भन्दा बढी प्रत्रिका र १० भन्दा बढी अनलाइन पोर्टलहरू सञ्चालित छन् । के.सी. लाई सर्चअल नेपालको कार्यकारी सम्पादक मा बढुवा गरे पछि केही नयाँ पन आउने विश्वास गरिएको छ । पिबि के.सी. ले १७ वर्ष देखि एफ एम रेडियो बाट सुरुवात गरेका पत्रकारिता प्रत्रिका तथा अनलाइन पोर्टलमा पनि १५ वर्ष भन्दा धेरैको अनुभव रहेको छ ।
पिबि के.सी. को नेपाल विश्वको उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सक्छ भन्ने खोलमूलक लेख तथा समाचारले सम्बन्धित निकाय, पक्ष तथा सरकारलाई गहिरिएर सोच्न बाध्य बनाएको छ । के.सी.लाई अध्यक्ष जितेन्द्र घिमिरे, प्रधान सम्पादक तथा सम्पादक केदार गौतमले जिम्मेवारी सुम्पँदै कार्यकालको शुभकामना दिएका थिए ।





















