logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

रुसले युक्रेनमा राहदानी बाँड्दै

img
रुसले युक्रेनमा राहदानी बाँड्दै

काठमाडौं, दक्षिणी युक्रेनमा कब्जा गरेका रुसी अधिकारीहरूले खेरसन र मेलिटोपोल दुई सहरका स्थानीयहरूलाई रुसी राहदानी दिन थालेको बताएका छन्। युक्रेनले आफ्नो भूभागमा रुसी नागरिकको 'रुसीफिकेसन'लाई लिएर निन्दा गरेको छ भने, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो प्रक्रियालाई द्रूत गतिमा हेरिरहेका छन्।

शनिबार एक समारोहकाबीच पहिला २३ खेर्सन निवासीहरूले रुसी राहदानी पाएको रुसको तास समाचार एजेन्सीले जनाएको छ ।खेर्सनमा रुसी नियुक्त सैन्य गभर्नर भोलोडिमिर साल्डोले भनेका छन्, 'हाम्रा सबै खेर्सोनाइट कमरेडहरू सकेसम्म चाँडो राहदानी र रुसी नागरिकता प्राप्त गर्न चाहन्छन्।'

युक्रेनले यस कदमलाई आफ्नो क्षेत्रीय अखण्डताको स्पष्ट उल्लङ्घन भएको भन्दै निन्दा गरेको छ । रुसी राष्ट्रपति पुटिनको यो आदेश कानूनी रूपमा अमान्य भएको समेत युक्रेनले जनाएको छ । यो नीतिले सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया र डोनबास क्षेत्रका नागरिकलाई रुसी राहदानी बाँडेको विषयलाई झल्काएको छ ।

खेर्सनमा युक्रेनीहरूले युक्रेनी मुद्रा रिभनियाको सट्टा रुबल प्रयोग गर्न रुसी आदेशलाई अवहेलना गरेको रिपोर्टहरूसमेत बाहिरिएका छन् ।

img