काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने हुनुभएको छ । अध्यक्ष प्रचण्डको सचिवालयले भारतको एक राजनीतिक कार्यक्रममा भोलि त्यसतर्फ जान लागेको जानकारी दिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमण हुन लागेको हो ।
उहाँको भ्रमण आकस्मिक नभएको सचिवलायले जनाएको छ । तर वाम एकताका लागि जोड दिएको चिनियाँ टोलीको भ्रमण लगत्तै प्रचण्ड भारत भ्रमणमा जानुलाई महत्वका साथ हेरिएको छ ।
व्यक्तिगत भ्रमण भनिए पनि उहाँले भारतका कतिपय राजनीतिक व्यक्ति एवं गुप्तचर निकायका उच्च व्यक्तिहरुसँग भेटवार्ता गर्ने बताइएको छ । यद्यपी उनले भारतमा गर्ने भेटघाटलाई गोप्य राखिएको छ ।





















