logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनले घेरे आयल निगम

img
मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनले घेरे आयल निगम

काठमाडौं, सत्तारुढ विद्यार्थी संगठनहरूले आयल निगम घेराउ गरेका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले हात–हातमा मूल्य वृद्धिविरुद्ध प्लेकार्ड र सरकार विरोधी नारा लगाउँदै  टेकुस्थित आयल निगम घेराउ गरेका छन् ।

निगमको कार्यालय पुगेका नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी लगायत सत्तारुढ दल आबद्ध विद्यार्थीहरूले मूल्य वृद्धि खारेज गर्नुपर्ने र निर्देशकको राजीनामा समेत माग गरेका छन् ।
आइतबार रातिदेखि लागु हुने गरी सातामै दोस्रो पटक नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको थियो ।

नयाँ मूल्यमा पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा २०० रुपैयाँले बढेको थियो । अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टितेल र डिजेलको १६३ रुपैयाँ तथा एक सिलिन्डर ग्याँसको मूल्य १८०० रुपैयाँ तोकिएको छ ।

 

 

img