काठमाडौं, राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आज दिउँसो ३ बजे होटल हिमालय कुपण्डोलमा बोलाएको पत्रकार सम्मेलन पछि आफ्नै कार्यालयमा सारेका छन् ।
होटल हिमालयले हलको भाडा १० हजार भनेकोले उक्त रकम अपुग भएकोले मियाँले पत्रकार सम्मेलन आफ्नै कार्यालयमा सारेको बताइएको छ । जनकपुरमा मतदातालाई पैसा बाँडेको, ५ करोड बाँड्दै गर्दा प्रहरीद्वारा पक्राउ जस्ता शीर्षकहरू केही अनलाइन माध्यम तथा सामाजिक सञ्जालमा छाएपछि प्रहरीले निगरानी गरेको थियो ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा रहेको कार्यालयमा पुगेपछि अध्यक्ष अन्सारीले आफूमाथि एमालेका नेता एवं पूर्व मन्त्री रघुवीर महासेठ र जुली महतोले चरित्र हत्या गर्न षड्यन्त्र गरेको बताए ।
आफू इदका अवसरमा भेटघाटका लागि मुस्लिम समुदायको कार्यक्रममा गएको र जनकपुरको होटलमा आएर बसेको अवस्थामा महासेठले एमालेका कार्यकर्ता पठाएर चरित्र हत्या गरेको बताए ।
उनले आफू कुनै दलको नेता कार्यकर्ता नभएको र राज्यको संवैधानिक अंग मुस्लिम आयोगको अध्यक्ष भएकोले समग्र मुस्लिमहरूको उत्थानका लागि काम गरिरहेको बताए ।





















