काठमाडौँ ।एमसीसीका विषयमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन गर्नुभएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार प्रचण्डले बिहीबार साँझ ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै अध्यक्ष ओलीलाई फोन गर्नुभएको हो।
जवाफमा ओलीले भने पहिला सत्ता गठबन्धनले निर्णय लिनुपर्ने अडान दोहो¥याउनुभएको छ । ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ, हटाइसकेपछि ‘४/५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ’, ओलीको भनाइ उदृत गर्दै रिजालले भन्नुभयो, ‘अहिले सत्ता चलाइरहनुभएको छ । पहिले आफूले निर्णय गर्नूस्, एमालेले त निर्णय गरिहाल्छ ।’
एमसीसीबारे दलहरुबीच मत विभाजित हुँदा ठोस निर्णय हुन सकेको छैन । अमेरिकाले भने जसरी पनि एमसीसी पारित गर्न भन्दै सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुलाई दबाब दिँदै आएको छ ।





















