logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

img
निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनबारे राजनीतिक दलहरूसँग छलफल गर्दैछ। आज हुने छलफलमा आयोगले राजनीतिक दलहरूलाई हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि आमन्त्रण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन आग्रह गरेको छ। आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ ।

img