logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

दीपेन्द्रले लिए ४ विकेट, १ सय २७ रनमा समेटियो आयरल्याण्ड

img
दीपेन्द्रले लिए ४ विकेट, १ सय २७ रनमा समेटियो आयरल्याण्ड

काठमाडौं – चार देशीय टी–२० शृङ्खलाको तेस्रो खेलमा आयरल्याण्डले नेपाल सामु १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले सबै विकेट गुमाउँदै १ सय २७ रन बनाएको हो ।

आयरल्याण्डका लागि जर्ज डकरेलले सर्वाधिक २८ रनको योगदान दिए भने कर्टिस क्याफरले २० रन बनाए । कप्तान एन्डी बाल्ब्रिनले १९ रन बनाउँदा लोक्रान टकरले १५ रनको योगदान दिए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले घातक बलिङ गर्दै ४ विकेट लिए भने अभिनास बोहराले २ विकेट लिए । कमल ऐरी, जितेन्द्र मुखिया र सन्दीप लामिछानेले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो ।

img