logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

कांग्रेसले महाअभियोग प्रस्तावबारे छलफल गर्न बोलायो संसदीय दलको बैठक

img
कांग्रेसले महाअभियोग प्रस्तावबारे छलफल गर्न बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

मंगलबार बिहान ९ बजे संघीय संसद भवनको ल्होत्से हलमा दलको बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

img