logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

मध्यरातिबाट आचार संहिता लागू, उल्लङ्घन गरे कारबाही

img
मध्यरातिबाट आचार संहिता लागू, उल्लङ्घन गरे कारबाही

काठमाडौँ, आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको आचारसंहिता शुक्रवार मध्य रातिबाट लागु हुनेछ। यसबारे जानकारी दिन शुक्रवार अपराह्न आफ्नै कार्यालयमा गरेको पत्रकार सम्मेलनमा निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरे कारबाही हुने चेतावनी दिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लङ्घन गरे निर्वाचन कसुरअनुसार कारबाही हुने बताए। ‘आचारसंहिता पालना गर्छौ भनेर प्रतिबद्धता जनाउने, तर उल्लङ्घन गरेमा निर्वाचन कसुर अनुसार कारबाही हुन्छ,’ प्रमुख आयुक्त थपलियाले भने। 

आचारसंहिता उल्लङ्घन गर्ने कसैलाई छुट नभएको र गरेमा कारबाही गरेरै छाड्ने उनले बताए।

img