logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

आज बस्ने प्रतिनिधि सभामा एमसिसी टेबुल नगर्ने सहमति

img
आज बस्ने प्रतिनिधि सभामा एमसिसी टेबुल नगर्ने सहमति

काठमाडौँ । विवादित अमेरिकी सहयोग परियोजना एमसीसीमा साझा धारणा बनाउने प्रयासस्वरुप बसेको सत्ता गठबन्धनको बैठक आज पनि बिनानिष्कर्ष सकिएको छ । सत्ता गठबन्धनको निर्णायक भनिएको आजको बैठक पनि बिनानिष्कर्ष सकिएको हो । एक घण्टा पनि नबसी आइतबार पुनः बैठक बस्ने गरी नेताहरू उठेका छन् ।

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सदनमा एमसीसी पेस गर्नुपर्ने अडान दोहोर्‍याउनुभएको थियो । तर नेकपा एसका अध्यक्ष नेपालले भोलि पार्टीको स्थायी कमिटी बैठक तय गरिएकोले त्यतिञ्जेल पर्खन अनुरोध गरेको बताइएको छ । माओवादीले भने एमसीसी पेस गरे विपक्षमा मतदान गर्ने अडान दोहो¥याएको छ ।

सत्ता गठबन्धनको बैठक बस्नुअघि बिहान गठबन्धनमा रहेका कांग्रेस बाहेकका तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । माओवादी केन्द्रका प्रचण्डको निवास खुमलटारमा माधव नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव र नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो ।

img