काठमाडौं, अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसदबाट अनुमोदन भएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बहुमत सदस्यहरुले ध्वनी मतका आधारमा संसदबाट एमसिसी अनुमोदन गरेका हुन् ।
यसअघि आजै सत्तारुढ गठबन्धबीच (एमसिसी) संसदबाट पारित गर्ने निर्णय गरेका थिए ।
फागुन ८ गते बसेको संसद् बैठकबाट एमसीसी परियोजना अनुमोदनका लागि टेबल भएपनि दलहरुबीचको आ–आफ्नै अडानका कारण संसदबाट अनुमोदन हुन सकेको थिएन् ।





















