logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

लोकतान्त्रिक गठबन्धन बनाउन देउवालाई महन्थको प्रस्ताव

img
लोकतान्त्रिक गठबन्धन बनाउन देउवालाई महन्थको प्रस्ताव

काठमाडौं, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामी संसदीय निर्वाचनमा लोकतान्त्रिक दलहरूको गठबन्धन गरेर अघि बढ्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा ठाकुरले लोकतान्त्रिक दलहरूले गठबन्धन गरेमा यस्तो गठबन्धन प्राकृतिक हुने धारणा राखेका थिए । संसदीय निर्वाचनमा वामगठबन्धनको विषयमा चर्चा भइरहेका बेला ठाकुरले यस्तो प्रस्ताव राखेका हुन् । 

लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले शनिबार प्रधानमन्त्री देउवा र लोसपा अध्यक्षवीच भेट भएको बताए । भेटमा भएको कुराकानीको बारेमा आफू जानकार नभएको उनको भनाइ छ । तर लोसपा स्रोतका अनुसार आगामी संसदीय निर्वाचनलाई केन्द्रित गरेर उक्त भेट भएको थियो ।  

img