काठमाडौं, माघ २० : ललितपुरका खाल्डो खनेर गाडिको अवस्थामा एक जनाको शव फेला परेको छ ।
ललितपुरको गोदावरी नगरपालिका–१२, धापाखेलमा शव फेला परेको हो । उक्त शव तेह्रथुमका मोहन लिम्बुको भएको प्रहरीले जनाएको छ ।
भेटिएको शव मोरङको उखुबारीमा हालै भेटिएको दुई शवसँगको घटनासँग सम्बन्धित भएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।
मोरङ घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले ललितपुरमा पनि शव रहेको सूचना पाएको थियो ।
शव एक किन्डरगार्डेन नजिकै फेला परेको उनले बताए। त्यहाँ भाडामा बस्नेहरू अहिले कोही नभेटएको प्रहरीको भनाइ छ।
गत हप्ता मोरङको एक उखुबारीमा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको थियो ।





















