काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले जित्ने आधारहरु प्रस्तुत गरेका छन्। बुधबारको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै निर्वाचनमा एमालेले जित्ने १८ वटा आधार उल्लेख गरेका छन्।
उनले निर्वाचनमा एमालेको जितका लागि प्रस्तुत गरेका आधारहरुमा सुखी नेपाली, समृद्ध नेपालको आकांक्षादेखि विप्लव र सीके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएका विषयसम्म उल्लेख गरेका छन्।
यस्ता छन् एमालले चुनाव जित्ने ओलीका १८ आधार
१. पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा।
२. राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको असाधारण योगदान।
३.केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिका, प्राप्त गरेका उपलब्धी र तिनले समाजमा ल्याएको परिवर्तन।
४. स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन पार्टीले २०४७ सालदेखि नै खेलेको भुमिका, स्थानीय स्वायत्त शासनको अवधारण (२०५४) र स्थानीय तहदेखि नै महिला र दलितको समावेशिताका लागि पार्टीको भूमिका।
५. राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाई महिला सहभागिताका लागि पार्टीको नेतृत्वदायी योगदान।
६. नेपालको संविधान निर्माणका लागि क्रममा तीन तहको संघीय ढाँचा र स्थानीय तहलाई संवैधानिक प्रत्याभूति दिन पार्टीले खेलेको भूमिका, स्थानीय तहलाई प्रदेशको तजबिजी अधिकारभित्र राख्न विभिन्न दलबाट प्रकट भएका हानिकारक प्रस्तावको प्रतिवाद।
७. प्रत्येक पालिकामा आधारभूत अस्पताल, प्रशासनिक भवन, प्रत्येक पालिका केन्द्र जोड्ने सडक, प्रत्येक निर्वाचन क्षेत्र जोड्ने रणनीतिक सडक लगायतका कार्यक्रम।
८. तराईका जिल्लामा सघन सहरी विकास कार्यक्रम र तराई–मधेश समृद्धि कार्यक्रममार्फत् गरिएको लगानी एवम् सुनकोशी–मरिन र भेरी–बबई डाइभर्सन जस्ता रुपान्तरणकारी योजनाको थालनी।
९. एक घर एक धारा, खरको छाना विस्थापन, भूमिहीनलाई आवासलगायत सरकारका जनमुखी कामहरु।
१०. सरकार परिवर्तन हुनासाथ स्थानीय तहलाई प्रदेशको तजबिजमा राख्न चलाईएको असंवैधानिक प्रयासलाई निष्फल पार्न पार्टीको भूमिका।
११. पार्टीले विजय हासिल गरेका स्थानीय तहमा हासिल उपलब्धी र महत्वपूर्ण काम।
१२. भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, जयनगर–जनकपुर–कुर्था, पूर्वपश्चिम रेलमार्ग निर्माणलगायत पूर्वाधार विकासमा दूरगामी महत्वका रणनीतिक योजनाहरुको थालनी।
१३.संघीय संरचना र नयाँ प्रणालीको संस्थागत विकासका लागि गरिएका योजनावद्ध कामहरु। मौलिक हकको व्यावहारिक कार्यान्वयनका लागि नयाा कानुनहरुको निर्माण।
१४. नेकपा (एमाले) नेतृत्वको सरकारले सुरु गरेको सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै नागरिकको जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षाको अवधारणा विकास। स्वास्थ्य बीमा, योगदानमाथि आधारित सामाजिक सुरक्षालगायत महत्वपूर्ण कामहरुको थालनी।
१५. महामारी र प्राकृतिक विपत्तिका विरुद्ध हाम्रो सरकारले खेलेको प्रभावकारी भूमिका।
१६. भूकम्पपछिको पुननिर्माणमा सरकारले हासिल गरेको असाधारण सफलता।
१७. सिके राउत समूह र विप्लव समूहसँग वार्ता, पृथकतावादको अन्त्य र हिंसाको शान्तिपूर्ण अवतरणजस्ता राजनीतिक समस्याको समाधानमा ठूलो सफलता।





















