भोजपुर, १७ माघ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । राम प्रसाद राई गाउँपालिका–३ ओख्रे बस्ने २७ वर्षीय पदम दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।पदमले ती किशोरीलाई भोजपुर नगरपालिका–७ नयाँ बसपार्कस्थित होटेलमा शुक्रबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।





















