काठमाडौँ, नेपाली कांग्रेस भित्र स्थानिय चुनावमा केही ठांउमा गठबन्धन भित्रै मत भेद देखिएको छ । जसले गर्दा केन्द्रका नेताहरुलाई मिलाउन सकस भइरहेको देखिन्छ । स्थानिय तहमा गठबन्धनमै भएकाले आफ्नो हैसियत भन्दा बढी माग गरेकाले समस्या देखिएको भनी प्रचण्डको अभिव्यक्ति आएको छ । माधब कुमार नेपालले पनि आफुहरुलाई कमजोर नठान्न गठबन्धन लाई सुझाएका छन् । यता प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापतिले गठबन्धनकै कारण हामी सत्तामा भएकोले चुनावी सहकार्यमा धोका दिन नमिल्ने कुरा बताउनु भएको छ । यस्तै अहिले नेपाली कांग्रस भित्र कुनै ठाउमा देखिएको गठबन्धनको किचुलो लाई बौद्धिक तवरले समाधान गर्ने बहस चलेको छ त्यो हो जहां मतभेद छ त्यहां मैत्रिपुर्ण गठबन्धनकै बिच चुनावी प्रतिस्पर्धा हुनुपर्दछ ।
आजको लोकतान्त्रिक दुनियामा चुनाव नै उत्कृष्ट गन्तव्य हो । विपक्षी लगाएत सहकार्य गरि अगाडी बढेका पक्षसंग संसार भरि नै चुनावी प्रकि्रयाबाट संघ संगठनहरुले आफ्ना लक्ष्यहरु प्राप्ति गरेका छन् । त्यसैले गठबन्धन साच्चिकै अगाडी बढाउने लक्ष्य छ भने सबै दलहरुले नेपाली कांग्रेसले लिएको बहसलाई पालना गर्दा उत्तम हुने देखिन्छ नत्र गठबन्धनको नाममा चुनावी मिति नै प्रभाव पर्ने हो कि भन्ने पनि सवालहरु चलेका छन र यदि मिति पर धकेलियो भने आरोप पनि लाग्नेछ । - पिबि के.सी.





















