दार्चुला, दार्चुलाको दुहुँ गाउँपालिकामा भएको नेकपा एमालेको बृहत आमसभामा नेपाली कांग्रेसबाट करिब दुई सय कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको भनी अफवाह फैलाएकोमा कांग्रेसले आपत्ति जनाएको छ । एमालेले मंगलबार दुहुँ गाउँपालिका ४ ब्रह्ममाण्डौमा गरेको आमसभामा कांग्रेस कार्यकर्ताहरुको मनोबल गिराउने गरी भ्रामक र तथ्यहीन समाचार मिडियामा दिइ भ्रम फैलाएको भन्दै नेपाली कांग्रेस दुहुँ गाउँपालिका सभापति नरेन्द्र सिंह कुँवरले प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।
साथै झोलुङगे पुलमा वारिपारि हिँडडुल गर्ने नागरिकलाई ध्वजा समाउँदै, कसम खुवाएकोप्रति पनि गम्भीर आपत्ति भएको कांग्रेसले जनाएको छ ।दुहुँका कुनै पनि कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश नभएको पनि कांग्रेसले विज्ञप्ति जारी गरी जनाएको छ ।






















