logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

दूतावासमा नयाँ नक्सा नराखेकोमा ओलीकाे आपत्ति

img
दूतावासमा नयाँ नक्सा नराखेकोमा ओलीकाे आपत्ति

काठमाडाैं, एमाले अध्यक्ष केपी ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन्। आइतबार काठमाडौंमा नेपााल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले दूतावासमा टाँगिएको फोटोमा बुच्चे नक्सा राखिएको भन्दै आपत्ति जनाएका हुन्।

यसअघि प्रधानमन्त्रीले प्रकाशित गरेको एक सय दिनको विवरणमा चुच्चे नक्सा हटाइएको र सरकारले भौगोलिक अखण्डाप्रति खेलबाड गरेको आरोप उनले लगाए। ओलीले प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको उद्देश्यप्रति पनि प्रश्न उठाए।

त्यस्तै अध्यक्ष ओलीले पाँच दलीय पाँचतिरबाट घेराबन्दी गरे पनि एमालेले त्यसलाई तोड्ने दावी गरे।

उनले पाँचवर्षे सरकार ढालेर पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालले मुलुकमा अस्थिरता निम्ताउन खोजेको र दक्षिणपन्थी सरकार बनाएको तर्क गरे।

उनले मुलुकलाई सही दिशातर्फ अघि बढाउन गम्भीर भएर लाग्न बुद्धिजीवीलाई आग्रह गरे। 

img