logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

फ्रिजमा कुकुर, बिरालो र चरासहित १८३ जनावर फेला

img
फ्रिजमा कुकुर, बिरालो र चरासहित १८३ जनावर फेला

अमेरिकाको एरिजोनाका प्रहरीले फ्रिजमा कुकुर, बिरालो र चरासहित १८३ जनावर फेला परेपछि एक जना पुरुषलाई पक्राउ गरेका छन्। ४३ वर्षका माइकल प्याट्रिक टुरल्यान्डले कतिपय जनावरहरू जीवितै रहेका बेला तीनलाई फ्रिजमा राखेको स्वीकार गरेको मोहेभ काउन्टीस्थित सेरिफको कार्यालयले जनाएको छ।

उनलाई जनावरविरुद्ध क्रूरता देखाएको ९४ आरोप लगाइएको छ।

घटनास्थलबाट लिइएका तस्बिर 'एकदमै घिनलाग्दो र मुटु बिझाउने' खालको रहेको सेरिफको कार्यालयकी प्रवक्ता अनिटा मोरटेन्सेनले बताइन्।

"जनावरहरूलाई माया गर्ने मानिस भएकाले म तस्बिरहरू हेर्दा रोइरहेकी थिए," उनले बीबीसीसँग भनिन्।

एरिजोना

तस्बिर

कसरी पत्ता लाग्यो

अधिकारीहरूले अहिले टुरल्यान्डकी पत्नी ब्रुकलिन बेकको खोजी गरिरहेका छन्।

एक जना सर्वसाधारणले प्रहरीलाई सूचना दिएपछि ती व्यक्ति पक्राउ परेका हुन्।

उनले आफूले टुरल्यान्डमा सर्पहरू गर्भाधानका लागि छाडिदिएको तर उनी त्यो लिएर बेपत्ता भएको र केही महिना बित्दा पनि आफूले फिर्ता पाउन नसकेको बताएकी थिइन्।

गोल्डेन भ्यालीस्थित घरबाट टुरल्यान्ड र उनकी श्रीमती बाहिरिएपछि त्यसका मालिकले आफूलाई सम्पर्क गरेको उनले बताएकी थिइन्।

अपार्टमेन्ट सफा गर्न आउँदा मृत जनावरहरूले भरिएको फ्रिज ग्यारेजमा फेला पारेको र त्यसमा आफ्ना केही सर्प रहेको पनि घरधनीले बताएको उनले जानकारी दिएकी थिइन्।

अधिकारीहरूले कुकुर, कछुवा, छेपारो, चरा, सर्प, मुसा र खरायोजस्ता कठाङ्ग्रिएका जनावरहरू फेला परेको जनाएका छन्।

दश दिनपछि प्रहरीले टुरल्यान्ड घर फर्किएको थाहा पाए र उनलाई पक्राउ गरे।

जनावरहरूलाई त्यसरी फ्रिजमा राख्नुको उनको उद्देश्य प्रस्ट भएको छैन। (Source : BBC)

img