logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन देउवाको आग्रह

img
सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन देउवाको आग्रह

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा रहेका अन्य दलको आलोचना नगर्न निर्देशन दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको पार्टीका शिर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा प्रधानमन्त्री समेत रहेका देउवाले नेताहरूलाई गठबन्धन दल र विपक्षीलाई समेत निम्नस्तरका गाली र आलोचना नगर्न निर्देशन दिएका हुन् ।  

देउवाले गठबन्धन दलहरूबीचमा शंका उत्पन्न हुने गरी समेत कुनै पनि गतिविधि नगर्न नेताहरुलाइृ सुल्झाए । गठबन्धनलाई बिच्काउने गरी व्यवहार नगरौं, त्यस्तो अभिव्यक्ति नदिन र विपक्षी पार्टीलाई खेदो गर्ने नगरी पार्टीको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्नुपर्ने देउवाको भनाइ थियो ।

एमसीसीबारेको भ्रमलाई तल्लो स्तरसम्म पुर्‍याईएको भन्दै त्यसलाई विभिन्न अभियानमार्फत चिर्नुपर्ने र त्यसले पार्टीलाई फाइदा पुग्ने भन्दै नेताहरुलाई त्यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए । 

img