logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

कोरोना बढ्दै छ, मन्त्रालय तयारी अवस्थामा छ - खापुङ

img
कोरोना बढ्दै छ, मन्त्रालय तयारी अवस्थामा छ - खापुङ

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले पहिलेको भन्दा कोरोना संक्रमण बढेकाले सबै सरकारी अस्पताललाई तयारी अवस्थामा राखेको बताउनुभएको छ । मन्त्री खापुङले संक्रमण पहिलेको तुलनामा बढे पनि अस्पतालमा ठूलो संख्यामा बिरामी भर्ना हुने अवस्था नआइसकेकाले नआत्तिएर सचेत र सजग हुन सबैमा अनुरोध गर्नुभएको छ ।

यस्तै उहाँले मन्त्रालय यसबारेमा पुरा तयारी अवस्थामा रहेकाले सबैलाई ढुक्क हुन आग्रह पनि गर्नुभयो । खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय सरकार नै लाग्नुपर्ने उहाँको भनाइ छ । बुस्टर मात्रा दिनेक्रम जारी रहेको र छुटेकालाई खोप लगाउन समेत उहाँको आग्रह छ ।

img