logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

ह्वात्तै बढे संक्रमित, २२४ जनामा पुष्टि

img
ह्वात्तै बढे संक्रमित, २२४ जनामा पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बुधवारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍ सङ्गीता मिश्राले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९२ जनाको नमुना परीक्षण भएको छ । ६ हजार ९३६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ३ हजार १५६ जनाको नमुना परीक्षण गरिएको थियो । जसमा पीसीआरबाट ६८ र एन्टिजेन परीक्षणबाट १५६ जनामा कोरोना पुष्टि भएको हो ।

यस अवधिमा २५१ जना कोरोना भाइरसको संक्रमणबाटमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोभिड१९का कारण मृत्यु हुनेको सङ्ख्या शून्य छ । यो हप्ताको औसत संक्रमणदर १.७ प्रतिशत र पछिल्लो २४ घण्टाको पीसीआर परीक्षणको संक्रमणदर १‍.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

img