logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

मन्त्रिपरिषद्का पछिल्ला १० निर्णय यस्ता छन्

img
मन्त्रिपरिषद्का पछिल्ला १० निर्णय यस्ता छन्
काठमाडौं, जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १० वटा निर्णय गरेको छ । सोमबार बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो । 
 
मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवसका अवसरमा १६ जनाको कैद माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि विभिन्न नियमावली संशोधन गर्न स्वीकृत गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । 
 
मन्त्रिपरिषद् बैठकका १० निर्णय 
 
१) बेल्जियमको राजधानी ब्रसेलसमा वि.स २०७९ जेठ १८ र १९ आयोजना हुने ग्लोबल समिट २०२२ टर्निङ द टाइड चाइल्ड सेक्सुअल अभ्युज अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सोलनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने । 
 
२) नेपाल बैङ्क लिमिटेडको स्वामित्वको सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैङ्कलाई लिजमा दिन स्वीकृत दिने । 
 
३) गणतन्त्र दिवसको अवसरमा उपमाकान्त पराजुलीसहित १६ जनाको कैद माफी  गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने ।
 
४) नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मालगायतको भ्रमण दललाई युनिफिल्ड लेवनान र सिरिया तथा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने ।
 
५) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने ।
 
६) सुरक्षण मुद्रण समिति गठन तेस्रो संशोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ (क) बमोजिम सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल्प पौडेललाई पदावधि १ पटकका लागि थप गर्ने । 
 
७) परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा पदाधिकारी रहेका प्रमुख कन्सल्ट्यान्ट डा. जागेश्वर गौतमले दिएको राजीनामा स्वीकृत गर्ने । 
 
८) लोकसेवा आयोगको सिफारिस बमोजिम निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति तथा पदस्थापन गर्ने । 
 ९) बजेट तथा अर्थसम्बन्धी विधेयकहरू सङ्घीय संसद्मा पेस गर्ने । 
 
१०) मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९, अन्तशुल्क २३ औँ संशोधन नियमावली २०७९, भन्सार १३ औँ संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने ।
img