logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

चिनियाँ विदेश मन्त्री वाङ आज नेपाल आउने

img
चिनियाँ विदेश मन्त्री वाङ आज नेपाल आउने

काठमाडौं, चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको लागि आज नेपाल आउँदै छन् । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री वाङलाई परराष्ट्र सचिव भरतराज पौड्यालसहितको टोलीले विमानस्थलमा स्वागत गर्नेछन् । भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् ।

यस्तै परराष्ट्रमन्त्री खड्कासँग दुई पक्षीय भेटवार्ताको मिति चैत १२ गतेका लागि तोकिएको छ । भ्रमणका क्रममा उनले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको छ । विदेशमन्त्री वाङ चैत १३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

वाङको भ्रमणका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । वाङ बस्ने ठाउँदेखि सडक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाइने भएको छ ।  

 

img