काठमाडौं, आज देशभरको मौसम सामान्यतया बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशको प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश, र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले आज देशभरको मौसम बदली रहने र मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।





















