logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

कोरोनाबाट एक जनाको मृत्यु, निको हुनेभन्दा संक्रमित हुने बढी

img
कोरोनाबाट एक जनाको मृत्यु, निको हुनेभन्दा संक्रमित हुने बढी

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३७३ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको हो । त्यसैगरी, एक हजार ४४८ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि भएको छैन । मन्त्रालयका अनुसार २४ घण्टामा १८ जना सङ्क्रमणमुक्त भएका छन् भने एक जनाको सङ्क्रमणको कारण मृत्यु भएको छ ।

लामो समयपछि कोरोनाबाट एक जनाको मृत्यु भएको हो । अहिलेसम्म कोरोनाबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिले देशभर सक्रिय सङ्क्रमित २१७ जना  छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा तीस हजार ६५६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

img