logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

उद्योग व्यवसाय प्रवर्द्धन गर्न सरकार पर्यत्नशील छ : गृहमन्त्री खाण

img
उद्योग व्यवसाय प्रवर्द्धन गर्न सरकार पर्यत्नशील छ : गृहमन्त्री खाण

काठमाडौँ, गृहमन्त्री बालकृष्ण खाणले स्वदेशी उद्योग र व्यवसायलाई प्रबद्धन गर्ने, संरक्षण गर्ने र आय आर्जनका लागि वातावरण निर्माण गर्न सरकार पर्यत्नशील रहेको बताएका छन्। 

वीरगञ्ज उद्योग बाणिज्य संघको टोलीसँग मंगलबार गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाणले उद्योग र व्यवसायको प्रवर्द्धन गर्न सकेमात्रै राज्यलाई राजश्व बढ्ने र यत्सले सरकारको आर्थिक वर्षको बजेटमा बढोत्तरी गर्न मद्दत पुग्ने बताए। 

गृहमन्त्री खाणले व्यवसायीहरूले भोग्नु परिरहेका समस्या समाधानका लागि सरकार पर्यत्नशील रहेको बताए। ‘व्यवसायीले भोग्नु परिरहेका समस्या समाधान गर्न सरकार तयार छ । ऐन कानुन अनुरुप हामीले समस्या समाधान गरेर सहज व्यवसाय गर्ने वातावरण निर्माण गर्न हामी लागिरहेका छौँ । तपाईहरूलाई दुःख दिने हाम्रो मनसाय छैन,’ गृहमन्त्री खाणले भने,  ‘आफ्ना समस्या समाधान उद्योगी व्यवसायी पनि प्रतिबद्ध रहनुपर्छ।’

उनले सरकार उद्योग र व्यवसायप्रति सदभाग राख्ने र सहयोगी बन्ने बताए। उद्योगी व्यवसायीहरूले पनि राज्यले अवलम्बन गरेका नीति र बनाएका कानुन अनुरुप उद्योग व्यवसाय सञ्चालन गरेर सरकारले सहयोग गर्नुपर्ने बताए। भेटमा वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले बीरगञ्जमा उद्योगी व्यवसायीहरूले भोग्नु परिरहेका समस्याबारे अवगत गराएका थिए। 

औषधिको मूल्य ७÷८ वर्षदेखि पुनरावलोकन नभएको, भन्सार र बोर्डर चुस्तदुरुस्त नभएको, बोर्डरमा सुरक्षा व्यवस्था कडा नभएको, आन्तरिक ओसार–पसारमा सुरक्षाकर्मीले धेरै चासो दिएको उद्योगी व्यवसायीहरूले गुनासो गरेका थिए । जवाफमा गृहमन्त्री खाणले समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने बताएका थिए। 

img
img