logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

ब्यवसायिक सफलता हासिल गर्न धैर्यशील हुनु पर्छ : सुमन अधिकारी, रुद्राक्ष ब्यवसायी

img
ब्यवसायिक सफलता हासिल गर्न धैर्यशील  हुनु पर्छ : सुमन अधिकारी,  रुद्राक्ष ब्यवसायी

 तेह्रथुमा जन्मनुभएका   सुमन अधिकारी एक सफल  युवा ब्यवसायी, कर्मशिल व्यक्तित्व  तथा समाजसेवी हुनुहुन्छ । उहाँ  धैर्यता, लगनशिलता र लगानी गर्न सक्ने क्षमता नै सफल ब्यबशायी बन्न सकिने मुल मन्त्र  ठान्नु हुन्छ । कुराकानीको क्रममा  आफ्नो दस बर्षको  ब्यबसायिक अनुभव सुनाउदै  उहाँ  भन्नु हुन्छ, ब्यबसायमा सँधै नाफा मात्र हुँदैन , घाटा वा नोकसान पनि हुन सक्छ । यस्तो परिस्थितीमा पनि धैर्यता पुर्वक आफ्नो ब्यबसायमा  निरन्तर लाग्न सक्ने धीरता हुनु पर्दछ , ब्यवसायिले आत्तिनु र मात्तिनु हुँदैन । नदी झै अबिरल आफ्नो गन्तब्यमा लागिरहनु पर्दछ ।

दस हजार लगानी गरेर रुद्राक्षको ब्यवसाय शुरुवात गरेका अधिकारिले १० बर्षको ब्यवसायिक जिवनमा उच्च सफलता हात पारिसक्नु भएको छ । हाल उहाँको  ब्यबसाय करोडौंको पुगिसकेको छ । काठमाण्डौको  पशुपतिमा आस्था  रुद्राक्ष भण्डारका सन्चालक ४१ बर्षीय युबा ब्यबशायी अधिकारी हाल काठमाण्डौ देखी चीन सम्म रुद्राक्षको ब्यापार गर्नु हुन्छ । यिनै सुमन अधिकारी सँग  सर्च अल नेपालका सम्पादक केदार प्रसाद गौतम सँग ब्यबसायिक सफलताका  आफ्ना अनुभव साट्ने क्रममा उहाँको अनुभवमा  आधारित रही तयार पारिएको अन्तर्वार्ता

ब्यवसायमा  लाग्न के कुराले उत्प्रेरित गर्‍यो बताइदिनुहोस न ।

म अलि स्वतन्त्रपूर्वक काम गर्न रुचाउने ब्यक्ती हुँ, मलाई मेहेनत गर्न औधी रुची लाग्छ । जब म काठमाण्डौ आएँ, त्यसपछी आफैं केहि गरौं भन्ने सोचाइ आइरहेकै थियो  । मलाई त्यसै बेला   पढ्नको लागी  चाइना जाने अबसर मिल्यो । चाइनामा बस्दा रहदा मैले यो ब्यबसायको प्रचुर सम्भावना  थाहा पाएँ । तसर्थ , नेपाल आएर यो ब्यवसायमा लागेँ ।  

आज नेपालमा धेरै किसिमका ब्यबसाय छन तर तपाइँले रुद्राक्षको  ब्यापार नै किन छनौट गर्नु भयो ?

 पुन्य भुमिमा बसेपछी मन र कर्म पनि पुन्य हुन्छ । रुद्राक्ष आफ्नो  आस्था सित पनि सम्बन्धित छ । रुद्राक्ष किन्न आउने ग्राहक पनि शुध्द मन र पबित्र उदेस्यले आएका हुन्छन ।  यसरि  पावन भुमिमा बसेर शुध्द्द मनले सेवा गर्ने अबसर रुद्राक्षको ब्यापारले दिएको हुँदा म यो ब्यावसायबाट सफल र सन्तुष्ट पनि छु । तसर्थ, यही  बिश्वासले गर्दा मैले यो ब्यबसाय छनौट गरेको हुँ ।

तपाइँको अनुभवमा सफल ब्यवसायी बन्न चाहिने व्यक्तिगत गुण के के हुनुपर्छ  जस्तो लाग्छ ?

ब्यबसायमा लाग्ने जो कोही पनि धैर्यशील, सहनशील, ग्राहकको  छनौट र चाहनाको सम्मान गर्न सक्ने , अन्तर्बैयक्तिक समबन्ध स्थापना गर्न सक्ने क्षमताको हुनु पर्छ । साथै  लगानी गर्न हिम्मत  सक्ने  हुनु पर्दछ ।  ब्यबसायमा सँधै नाफा मात्र हुँदैन , घाटा वा नोकसान पनि हुन सक्छ । यस्तो परिस्थितीमा पनि धैर्यता पुर्वक आफ्नो ब्यबसायमा  निरन्तर लाग्न सक्ने धीरता हुनु पर्दछ । तसर्थ्, ब्यबशायिले आत्तिनु र मात्तिनु हुँदैन । नदी झै अबिरल आफ्नो गन्तब्यमा लागिरहनु पर्दछ ।

अन्त्यमा थप केहि भन्न चाहनु हुन्छ ?

 मैले भनी  सकें धैर्य पुर्वक काम गरे जस्तोसुकै काममा पनि  अबस्य सफल  भइन्छ । तसर्थ , सम्पूर्ण  युवा साथिहरुलाई के भन्न चाहन्छु भने  आफुले चाहेको, क्षमताले थेग्न सक्ने र  आत्मसमान प्राप्त गर्न सक्ने ब्यबसाय छ्नौट गरौं, कामको साम्मान गरौं, अबस्य सफलता हात पार्न सकिन्छ ।अन्त्यमा मलाई यो अबसर प्रदान गर्नु भएकोमा  तपाइ र तपाइको मिडियाप्रती कृतज्ञ छु । 

img
img