logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

६ महिनामा कुल वस्तु निर्यात ७.२ प्रतिशतले घट्यो-राष्ट्र बैंक

img
६ महिनामा कुल वस्तु निर्यात ७.२ प्रतिशतले घट्यो-राष्ट्र बैंक

काठमाडौं, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी रिपोर्टले आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा कुल वस्तु निर्यात ७.२ प्रतिशतले कमी आएको तथ्य उजागर गरेको छ। यो अवस्था ७४ अर्ब ९७ करोड रुपैयाँ कम हो। 

अघिल्लो वर्षको सोही अवधि भन्दा ३२ प्रतिशतले कमी आएको छ। भारततर्फ भएको निर्यातमा १२.८ प्रतिशतले कमी आएको छ। चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३७०.९ प्रतिशत र १.३ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको बैंकले जनाएको छ। 

६ महिनामा कुल वस्तु आयात ३.१ प्रतिशतले कमी आई रु.७६८ अर्ब १७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २०.७ प्रतिशतले कमी आएको थियो। आव २०८०/८१ को ६ महिनामा कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले आएको बैंकले जनाएको छ। जसअनुसार व्यापार घाटा रु.६९३ अर्ब २० करोड कायम भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९.२ प्रतिशतले घटेको थियो। यस्तै समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो।

प्रतिवेदन अनुसार भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.४ प्रतिशत र २५.७ प्रतिशतले घटेको छ। चीनबाट भएको आयात ३४ प्रतिशतले बढेको छ।वस्तुगत आधारमा तयारी पोशाक, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल, लत्ताकपडा, सवारी साधान तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, धान तथा चामल, पेट्रोलियम पदार्थ लगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ।

img
img