जिल्ला प्रशासन कार्यालय प्यूठानले माघ मसान्तसम्म बिद्यालय बन्द गर्ने निर्णय गरेको छ।
सनिबार बसेको प्यूठान जिल्ला स्थित सर्बदलिय सर्बपक्षिय बैठकले विद्यालय, ट्युसन कक्षा, कलेज, तालिम तथा सबै प्रकारका शैक्षिक क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको हो ।
अब प्यूठानमा अर्का आदेश नआएसम्मको लागी २५ जना भन्दा बढीको उपस्थितिमा कुनैपनि कार्यगर्न रोक लगाइएको छ । त्यस्तै कोभिड १९ को खोप लगाएको कार्ड अनिबार्यगरेको ठाउमा खोप काडअनिबार्य लैजानुपर्ने निर्णय भएको छ ।
त्यस्तै बिबाह ब्रतबन्ध लगायत स्वर्गद्धारी मन्दिर दर्शन गर्न आउने ब्यक्तिलाई पनि खोप कार्ड देखाएर मात्र प्रबेश गर्न दिइने बैठकले निर्णय गरेको छ ।
त्यस्तै होटेल ब्यबसायमा कामदारले अनिबार्य माक्स लागाउनुपर्ने खोप कार्डको आधारमा मात्र प्रबेश गर्न खिने लगायतको निर्णय भएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।
यता सार्बजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने , माक्स अनिबार्य गर्ने र लामो यात्रा गर्ने यात्रुको सम्भब भएसम्म एण्टिजन पर्रीक्षण गर्ने लनिर्णय भएको छ ।

प्रदेश
प्यूठानमा माघ मसान्तसम्म बिद्यालय बन्द गर्ने निर्णय


